दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा असोज ९ देखि म्यादी प्रहरीको स्वास्थ्य परीक्षण र तन्दुरुस्ती परीक्षा सञ्चालन हुने भएको छ । म्यादी प्रहरीका लागि निवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण र तन्दुरुस्ती परीक्षा लिन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास-५ स्थित पाटन खेलमैदानमा पूर्व सुरक्षाकर्मी तथा स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई अन्तरवार्ता परीक्षामा मात्र सहभागी गराउने र अन्यलाई स्वास्थ्य परीक्षणमा सहभागी हुन सूचना जारी गरेको छ ।