दमाैली । बासु दरै प्रोडक्सनले आयोजना गरेको दमौली मोडल हन्टको उपाधि एलिना गुरुङले जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा १२ प्रतिस्पर्धीलाई उछिन्दै गुरुङले उपाधि जितेकी हुन् ।
प्रतियोगिताका लागि १७ जनाले फर्म भरेकामा १३ जनाले प्रतिस्पर्धा गरेका थिए । उपाधिसँगै गुरुङले नगद रु १० हजार प्राप्त गरेकी छन् ।
प्रतियोगितामा अस्मिता घर्ती फस्ट रनर अफ र अनिता थापा सेकेण्ड रनर अप घोषित भए । उनीहरुले क्रमशः रु आठ हजार र रु छ हजार प्राप्त गरे ।
दरै भाषाको गीतको जगेर्नाका लागि कार्यक्रम गरिएको बासु दरैले जानकारी दिए । उपाधि विजेता एलिनाले दरै भाषाकाे म्युजिक भिडिओमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछिन् ।