दमौली । पृथ्वीराजमार्ग अन्तरगत तनहुँ खण्डका थुप्रै ठाउँमा सडक खाल्डाखुल्डी छन् । सडकमा खाल्डो पर्दा पानी जमेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यात्रा गर्ने यात्रुहरुलाई सास्ती हुँदै आएको छ ।
ठूला सवारीसाधनमा भन्दा दुई पांग्रेमा यात्रा गर्ने बढी मर्कामा परेका छन् । सडकको दुरावस्थाले गर्दा यात्रा गर्दा सास्ती खेप्नुपरेको युवा भानुभक्त सोतीले बताए ।
‘दशैको बेलामा बाइक र स्कुटरमा हिँड्नेको पीडा एसीयुक्त गाडीमा हिँड्नेलाई के थाहा ?’ उनी भन्छन् ।
उनले सडक मर्मतका लागि नगरपालिकालाई आग्रह गरेका छन् । उनले भने, ‘नगरपालिका र वडासँग स्रोत साधन र बजेट छैन भने मेयर साब बेल्चा लिएर आउनुस् श्रमदानका लागि हामी तयार छौ ।’