दमाैली । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उम्मेदवार टुङ्ग्याएको तनहुँमा शनिबार रातिसम्म पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी टुङ्गिएपनि अन्य क्षेत्रमा उम्मेदवार टुंगो लाग्न नसकेको हो ।
यो समाचार तयार पार्दासम्म कांग्रेसको भागमा परेको तनहुँ १ प्रदेश १ र तनहुँ २ को सङ्घ र प्रदेश २ मा उम्मेदवार टुङ्गिन सकेको छैन । तनहुँ–२ मा केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदीप पौडेलको दावी छ ।
नेकपा माओवादी केन्द्रले पनि आफ्नो भागमा परेको तनहुँ १ प्रदेश २ र तनहुँ २ प्रदेश १ मा उम्मेदवार टुंगो लगाउन सकेको छैन । तनहुँ १ प्रदेश २ मा हरिबहादुर चुमान र हेमराज लामिछानेको दावी छ भने तनहँु २ प्रदेश १ मा मदन आले र राजेन्द्रकेशरी न्यौपानेको दावी छ ।