दमौली । सत्तारुढ गठबन्धनले तनहुँमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
काठमाडौमा मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमति विपरित दर्ता भएका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको बैठकले बुधबार दिउँसो १ बजेभित्र उम्मेदवार फिर्ता लिन निर्देशन दिएको छ ।