के हो त फेसबुकका फलोअर्स घट्नुको कारण ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    के हो त फेसबुकका फलोअर्स घट्नुको कारण ?

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७९, बुधबार

    काठमाडौं । बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे । मंगलबारसम्म उनको पेजमा झण्डै १२ करोड फलोअर्स थिए ।

    जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् ।

    फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घटेका हुन् । तर फलोअर्स घट्नुका कारणका बारेमा फेसबुकले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

    फेसबुकले यसअघि फेक अकाउन्ट डिलिट गर्ने अभियान सुरु गरेको थियो । त्यसरी फेक अकाउन्ट डिलिट गर्दा लाखौँ फलोअर्स भएका पेजबाट केही हजार फलोअर्स घट्नु स्वभाविक भएको फेसबुकले नै बताएको थियो ।

    तर अहिले करोडौं फलोअर्स भएका जुकरबर्गकै फलोअर्स ९ हजार ९९५ मा झर्नुको कारण भने बग नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । (अनलाइन खबर)