किरियापुत्री भवन सञ्चालन समितिको अध्यक्षमा लम्साल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किरियापुत्री भवन सञ्चालन समितिको अध्यक्षमा लम्साल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । किरियापुत्री भवन सञ्चालन समितिको अध्यक्षमा पुन: उपेन्द्र लम्साल चयन भएका छन् । समितिको शनिबार सम्पन्न अधिवेशनबाट लम्सालको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा प्रियनाथ पौडेल, सचिवमा नारायणी अधिकारी, सहसचिवमा शान्ता बास्तोला, कोषाध्यक्षमा क्या. जगतबहादुर बानिया चयन भएका छन् ।

    सदस्यहरुमा सन्तलाल श्रेष्ठ, रञ्जनलाल श्रेष्ठ, कृष्ण वाग्ले, श्रीकृष्ण सोती, शालिकराम गिरी, इन्दिरा पण्डित, देवा रानाभाट, सिर्जना वाग्ले, रीता ढुंगाना, मनबहादुर थापा र शिव सापकोटा चयन भएका छन् ।

    व्यास-३ स्थित व्यासगुफा क्षेत्रमा व्यास नगरपालिका र विभिन्न दाताको सहयोगमा किरियापुत्री भवन निर्माण गरिएको थियो ।

    यस अघि अधिवेशनको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए । उनले व्यास नगरपालिकामा क्रियापुत्री भवन अतिआवश्यक रहेको बताए । समाजको बढ्दो आवश्यकता मध्ये क्रियापुत्री भवन पनि रहेको बताउदै वाग्लेले मानिसको मृत्यु पश्चात् हिन्दु संस्कारमा गरिने धार्मिक एवं सामाजिक कार्य गर्न क्रियापुत्री भवन महत्वपुर्ण बन्ने बताए ।

    व्यास नगरपालिकका प्रमुख बैकुण्ठ न्यौपानेले बढ्दो सहरीकरणका कारण हिन्दु धर्ममा मानिसको मृत्यु पश्चात् गरिने १३ दिने काजकिरिया गर्ने स्थानको समस्या भएको अवस्थामा क्रियापुत्री भवन उपयोगी एवं महत्वपूर्ण हुने बताए ।

    कार्यक्रममा व्यास ३ का वडाध्यक्ष अनुप राना, व्यास ४ का वडा सदस्य सरोज भण्डारी, व्यास ३ का वडा सदस्य दधिराज घिमिरे, सल्लाहकारहरु डम्बरदेव कैनी, प्रेम प्रकाश भट्टराइ, बाह्मण समाजका केन्द्रिय सदस्य एवं आजीवन सदस्य डा. लक्ष्मीकान्त चापागाइ, परोपकार ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष तारानाथ घिमिरे लगायतले बोलेका थिए ।

    क्रियापुत्री भवन निर्माण उपभोक्ता समिति गठन पश्चात् विं सं २०७४ चैतबाट सालबाट निर्माण कार्यको थालनी गरिएको भवन २०७६ भाद्रमा निर्माण सम्पन्न भइ २०७६ पुषमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । नगरपालिकाकै संरक्षण एवं सञ्चालनमा रही कोभिड कालमा करिब डेढ वर्षमा क्वारेन्टाइन र आइसोलेसनका केन्द्रका रुपमा उपयोग गरिएको क्रियापुत्री भवनलाई स्वयत्त सामाजिक संस्था मार्फत सञ्चालन गर्न उपयुक्त हुने महसुस गरि व्यास नगरपालिकाले सामाजिक संस्था दर्ता गर्न सुझाव दिएको थियो ।

    सोही सुझाव अनुरुप २०७८ सालमा मानव सेवा क्रियापुत्री भवन सञ्चालन तदर्थ समिति गठन पश्चात् दर्ता गरी सञ्चालनको जिम्मेवारी लिई हाल साधारण सभा एवं अधिवेशन सम्पन्न भएको समितिको अध्यक्ष उपेन्द्र लम्सालले बताए । लम्सालका अनुसार भवन नगरपालिकाको ४० लाख र चन्दादाताको आर्थिक सहयोगमा करिब १ करोडको लागतमा क्रियापुत्री भवन सम्पन्न भएको अध्यक्ष लम्सालले बताए ।