एमाले उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त, विगतदेखिनै जनताको बीचमा छुः गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एमाले उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त, विगतदेखिनै जनताको बीचमा छुः गुरुङ

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७९, आईतवार

    दुलेगौडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट तनहुँ क्षेत्र नं. २ का उम्मेदवारले मतदाता भेटभाटलाई निरन्तरता दिएका छन् ।

    प्रतिनिधि सभातर्फका उम्मेदवार एवम् स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेश १ का उम्मेदवार श्यामराजा महतले आफ्नो क्षेत्रका मतदाता भेटघाटलाई जारी राखेका हुन् ।

    प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुरुङ र प्रदेश सभा सदस्यका उम्मेदवार महत आइतवार म्याग्दे गाउँपालिका–६ का विभिन्न स्थानमा पुगेर मत मागेका छन् । मनपाङ, सर्वालाङ, तिलाहार, श्यामडाडाँ, वडहरे लगायतका क्षेत्रमा पुगि उम्मेदवारले मतदाताका समस्या र गुनासो सुनेका थिए ।

    पूर्व मन्त्री गुरुङले मतदाताले गरेका गुनासोलाई आफूले सिरोधार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाए । विगत लामो समयदेखि यहि क्षेत्रमा रहेर जनताको सुख दुःखमा छु, उनले भने, समग्र तनहुँ–२ को विकासकोलागि हामी लागिरहेका छौं, उनले भने । संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय निति, विधि र कानुन निर्माण, सुख, शान्ति र सुशासन भन्ने मुल नाराका साथ निर्वाचनमा होमिएका नेता गुरुङले उल्लेखित विषय पुरा गर्न एमाले नेतृत्वको सरकार आवश्यक पर्ने उल्लेख गरे ।

    प्रदेश सभा सदस्यका उम्मेदवार महतले जनताले स्थिर सरकार चाहेका बताउदै उनले अन्य दल एक्लैले जनताको इच्छा पुरा नहुने बताए । ‘अरु पार्टीहरु गठबन्धन गरेर लागेका छन्,’ उनले थपे, ‘उनीहरुले बनाउने भनेको मिलीजुली सरकार हो । यसबाट हुने नतिजा बितेका डेढ वर्षमा संघ र प्रदेश सरकार हेरे पुग्छ ।’

    घरदैलो कार्यक्रममा प्रदेश १ निर्वाचन संयोजक रत्ना घिमिरे, प्रदेश कमिटी सदस्य दुर्गा पराजुली, नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना, जिल्ला सदस्य गोविन्द महत, म्याग्दे–५ का वडा कमिटी अध्यक्ष प्रकाश तिमिल्सिना, ६ का पार्टी कमिटी अध्यक्ष माधव अधिकारी लगायत सहभागी थिए ।