जनताका समस्या समाधानमा सधैं क्रियाशील हुन्छु : उम्मेदवार श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    जनताका समस्या समाधानमा सधैं क्रियाशील हुन्छु : उम्मेदवार श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७९, आईतवार

    दमौली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ १ प्रदेश १ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि क्रियाशील हुने प्रतिबद्धता जनाएका छन् ।

    भानु नगरपालिका-१ मा आइतबार आयोजित घरदैलोका क्रममा श्रेष्ठले राजनीति सेवा गर्ने थलो भएकाले जनताको सेवामा प्रतिबद्ध रहेको उल्लेख गरे ।

    गाउँ नगरको विकास, स्वदेशमै रोजगारी : गाउँमै आम्दानी सिर्जना गर्नेतर्फ मुख्य ध्यान रहने श्रेष्ठको भनाई थियो । श्रेष्ठ घरदैलो अभियानमा व्यस्त छन् । घरदैलोका क्रममा जनताबाट प्राप्त समर्थनले उत्साह जागेको उनल बताए।