


दमौली । तनहुँको व्यास नगरपालिका-३ मादी पुल नजिकबाट एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भानु नगरपालिका-१ साझबोटे स्थायी घर भई हाल व्यास-३ बस्ने २३ वर्षीया रुपकला परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई शरीर खानतसाली गर्ने क्रममा नाईट्राभेट १० पत्ता अर्थात १४३ थान ट्यावलेट बरामद भएको छ ।
पक्राउ परेका परियारलाई सोमबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।