दमौली । व्यास नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले बुधबार विज्ञप्ती प्रकाशित गरी एकादशीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, विद्यालय बन्द हुने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।