एकबहादुर राना भन्छन् – तनहुँका जनतालाई मैले जति कसैले पनि चिनेको छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एकबहादुर राना भन्छन् – तनहुँका जनतालाई मैले जति कसैले पनि चिनेको छैन

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७९, आईतवार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अहिलेका उम्मेदवार मध्ये तनहुँका जनतालाई आफुले जति अरु कसैले पनि नचिनेको बताएका छन् । तनहुँका जनताको सुखदुखमा आफू जति अन्य उम्मेदवार कोहि पनि प्रतक्ष्यरुपमा सहभागी नभएको भन्दै रानाले आफूलाई एकपटक तनहुँका मतदाताले न्याय गर्नुपर्ने बताए ।

    बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा चुनावी अभियानको क्रममा रानाले मतदाता समक्ष तनहुँका जनताको पीडा र समस्यालाई नजिकैबाट चिनेको भन्दै रानाले जनताको ती समस्या समाधान गर्न आफूले कुनै कसर बांकी नराख्ने बताए । विगतमा निर्वाचित भएकाहरुले जस्तो झुटो आश्वासन आफुले नदिने रानाले बताए ।

    विगतका उम्मेदवारले झुटा आश्वासन दिएको कारण अहिले जनताले सबैलाई त्यस्तै दृष्टिले हेर्ने गरेको उनको भनाई थियो । विगतका उम्मेदवारले काम नगरेको कारण सबैलाई उस्तै उस्तै ठान्नु गलत भएको भन्दै रानाले यसपटक नयाँलाई अवसर दिनुपर्ने बताए ।

    जनताको आधारभूत आवश्यकता प्रति आफू जानकार भएको भन्दै रानाले ती आवश्यकता पूरा गर्न आफू यसपटक चुनावी मैदानमा आएको रानाले बताए । रानाले आफूले कतैपनि झुटा आश्वासन नदिने र पूरा गर्न सक्ने काम मात्रै बोल्ने रानाले बताए ।

    आदिवासी जनजातिहरु अन्य समुदाय भन्दा पछाडि परेको भन्दै जनजातिहरुलाई पनि राज्यको मुलधारमा ल्याउने आफ्नो प्रयत्न हुने रानाले बताए । विगतमा जुन पार्टीमा भोट हालेको भएपनि यसपटक जनताको पार्टी एमालेलाई जिताउनुपर्ने रानाले बताए । एमालेले जितेमा मात्रै राष्ट्रियताको संरक्षण र देशको स्वाधीनताको संरक्षण हुने रानाले बताए ।