दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले आफ्नो पार्टीले नेतृत्व गर्दा भएका विकास निर्माण कार्यको जनताले मूल्याङ्कन गर्ने समय आएको बताएका छन् ।
तनहुँको शुक्लागण्डकीका विभिन्न वडामा आइतबार भएको मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले सडक, खानेपानी र विद्युत लगायतका क्षेत्रमा समान ढङ्गले विकास गर्ने नीति सरकारले ल्याएको बताए।
“एक घर एक धाराको सुरुआत म गण्डकी प्रदेशको अर्थमन्त्री हुँदा सुरुआत ग¥यौं,” उनले भने, “यसअघि शहरमा मात्र घरघरमा धारा थिए । अहिले ग्रामीण भेगमा पनि खानेपानीका धारा बन्ने क्रम चलिरहेको छ । यसले शहर र गाउँलाई हेर्ने दृष्टिकोण एउटै भएको छ ।”
पूर्वमन्त्री गुरुङले बितेका समयमा विकासको लहर सुरुआत गर्ने समयको मूल्याङ्कन आगामी मङ्सिर ४ भएको उल्लेख गरे। विपक्षीले यस क्षेत्रमा जितेर गएका व्यक्तिले केही काम गरेन भनेर हल्ला फिजाउने गरेको बताउँदै उहाँले विगतको पाँच वर्षलाई मूल्याङ्कन गर्न आग्रह गरे।
स्थानीयले दुलेगौंडा हर्कपुर मोटरमार्ग निर्माणबारे उम्मेदवार गुरुङको ध्यानाकर्षण गराएका थिए । उम्मेदवार गुरुङले आफू अर्थमन्त्री हँुदा परेको यस सडक निर्माण व्यवसायी र विभिन्न कारणले सम्पन्न हुन नसकेको बताउँदै सम्पन्न गराउन आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गरे।
तनहुँ २ प्रेदश १ का उम्मेदवार श्यामराजा महतले शुक्लागण्डकी क्षेत्रको क्रमिक रुपमा विकास हँुदै गएको बताउदै निर्माणाधिन र अब गर्नुपर्ने काम आफूले गर्ने बताए । उनले योजनाका साथ निर्वाचनमा होमिएको बताउँदै गर्न सकिने काममात्र मतदातालाई भन्ने गरेको प्रष्ट पारे ।
उम्मेदवार गुरुङ र महतले शुक्लागण्डकी–३ को कालीम¥याङ, उदेनढुङ्गा, वनकेवा, कवासे, वडा नम्बर ५ को बेलचौतारा र ६ को तीनखोले, ग्यारसिङ, बग्याम लगायतका विभिन्न स्थानमा घरदैलो गरेका थिए ।