आचारसंहिता उल्लङ्घन गरेकाे भन्दै तनहुँमा तीन जना विरुद्ध उजुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    आचारसंहिता उल्लङ्घन गरेकाे भन्दै तनहुँमा तीन जना विरुद्ध उजुरी

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७९, आईतवार

    दमाैली । आचारसंहिता उजुरी गरेकाे भन्दै तनहुँमा तीन जना विरुद्ध उजुरी परेकाे छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि बनाइएकाे आचारसंहिता उल्लङ्घन गरेकाे भन्दै तनहुँमा तीन जना विरुद्ध उजुरी परेकाे हाे ।

    त्यसमध्ये दुई जना जनप्रतिनिधि र एक जना स्थानीय तहका कर्मचारी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय तनहुँले जनाएकाे छ । उजुरी उपर अध्ययन भइरहेकाे मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले बताए । उजुरी परेकाहरुलाई स्पष्टीकरण साेधिएकाे उनले बताए ।