दमौली । तनहुँमा मंसिर १ देखि मदिरा सेवन तथा विक्री वितरण निषेध गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म मदिरा सेवन तथा विक्रीवितरण निषेध गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
साथै मङ्सिर ४ गते राति १२ बजेदेखि मतगणना कार्य सम्पन्न नभएसम्मका लागि जिल्ला समन्वय समितिको कार्यालय र शुक्लागण्डकी नगरपालिकाको कार्यालयको तीन सय मिटर वरपर मदिरा सेवन तथा विक्री वितरण निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।