प्रहरीद्वारा दुई एमाले कार्यकर्ता पक्राउ, मतदान कार्य सुरु हुन सकेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    प्रहरीद्वारा दुई एमाले कार्यकर्ता पक्राउ, मतदान कार्य सुरु हुन सकेन

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, आईतवार

    दमाैली । तनहुँको घिरिङ गाउँपालिका–१ मा प्रहरीले दुई जना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान कार्य स्थगित भएको छ । हिजो बेलुका काङ्ग्रेस र एमालेबीच झडप भएपछि प्रहरीले दुई जना एमाले कार्यकर्ता पक्राउ गरेको हो ।

    सोहीकारण घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन । एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।

    प्रहरी नायब उपरिक्षक युवराज खड्काले दुई पक्षबीच झडप भएपछि दुई जनालाई नियन्त्रणमा लिइएको बताए ।