दोलखा । दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा एमालेका भरत केसी विजयी भएका छन् । भीमेश्वरनगरका पूर्वनगरप्रमुख केसीले कांग्रेसका बर्मा लामालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् । केसीले एक हजार ८ सय १९ को मतान्तरले जित हात पारेका हुन् ।