दमौली । म्याग्दे गाउँपालिकाले ६ महिने प्रगति सार्वजनिक गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कार्यप्रगति सार्वजनिक गरेका थिए ।
सम्पूर्ण उपस्थित सञ्चारकर्मी मित्रहरु,
मिति २०७९।०१।३० मा स्थानिय निर्वाचन सम्पन्न पश्चात हामी ३९ जना पदाधिकारीहरुले २०७९।०२।१० गते शपथग्रहण गरी म्याग्दे गाउँपालिका तनहुँको कार्यभार सम्हाले ेसगै ६ महिना पुरा भएको छ । यस अवधिमा यस म्याग्दे गाउँपालिकाबाट सम्पादन भएका निम्न अनुसारका प्रमुख कार्यहरुको विवरण सहित तपाईहरु सञ्चारकर्मी मार्फत गाउँपालिकाबासीमा जानकारी गराउँदछु ।
(१) कानुन निर्माण तर्फ ः
३ वटा ऐन ९२ नयाँ निर्माण १ संशोधन ० र १२ वटा कार्यविधि गरी जम्मा १५ वटा कानुन निर्माण भएका छन् ।
(२) गाउँसभा र कार्यपालिका बैठक तर्फ ः
गाउँपालिकाको १२ औँ गाउँसभा वैठक र कार्यपालिकाका १२ वटा ९ ०२-१२, ०२-२३, ०२-३०, ०३-०४, ०३-३१, ०४-१९, ०५-१०, ५-२४, ६-१०, ७-०६, ७-२० र ८-०५ वैठक सम्पन्न भएको छ । जसमा सभाले बजेट सहित नीति र ६२ वटा निर्णय गरेको छ भने कार्यपालिकाले १२ वटा वैठक मार्फत १५६ वटा निर्णय गरेको छ ।
(३) बजेट किताव तर्फ
वार्षिक वजेट किताव ४०० थान छपाई गरी पदाधिकारी, शाखा प्रमुख, वडा कार्यालयहरु, टोल विकास संस्थाहरु, विद्यालयहरु र सरोकारवलालाई वितरण गरिएको छ ।
(४) क्षमता विकास तर्फ ।
(क) पदाधिकारी ३९ जना र शाखा प्रमुख सहित ३१ जना कर्मचारी गरी ७० जनालाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान र गण्डकी प्रदेशवाट प्रशिक्षक झिकाई २ दिने प्रशिक्षण सहित योग सिविर सम्पन्न जस वाट योजना, वजेट, सेवा प्रवाह, प्राविधिक प्रशासनिक विषय र स्वास्थ्य र योगको जानकारी भई नयाँ पदाधिकारीलाई स्वस्थ्यता सहित कार्य सरलता भई चुस्त दुरुस्त सेवा प्रवाह भएको छ ।
(ख) गाँउपालिका अन्तर्गतमा सम्पूर्ण वडाहरुका उपभोक्त समितिका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
(५) विभिन्न समिति गठन सम्बन्धमाः
न्यायिक समिति, लेखा समिति , सुशासन समिति सहित विभिन्न विषयगत ६ वटा समितिहरु गरी जम्मा ९ वटा समिति गठन र नियमित वैठक समन्वय सहकार्य भएको छ ।
(६) करार पदपुर्ति तर्फ ।
श–र्शत वजेट सिहित विभिन्न स्वीकृत कार्यक्रम तर्फ तपशिल बमोजिम ८ जना करार कर्मचारी नियुक्ती सम्पन्न भएको छ , जसमा
(क) सामी परियोजना तर्फ का ५ जना
(ख) सुचना प्रविधि अधिकृत छैटौ १ जना
(ग) रोजगार साहायक पाचौ १ जना
(घ) कृर्षि स्नातक अधिकृत छैटौ १ जना
(७) योजना कार्यन्वयन तथा ठेक्का ब्यबस्थापन तर्फ निम्न योजनाहरु सम्पन्न भएका छन्। ।
(क) वडा न– ६ र ७ को वडा कार्यलय सहित सबै भवन निर्माण कार्य सम्पन्न भएको छ ।
(ख) ल्याण्डफिल्ड साईट निर्माण कार्यको ९ पहिलो ठेक्का अन्तर्गतको कार्य अन्तिम चरणमा हुनुका साथै दोस्रो ठेक्का प्रारम्भ भएको छ ।
(ग) ओषधि खरीद लागि ठेक्का सम्पन्न भई औषधी प्राप्ती र वितरणको कार्य प्रारम्भ भएको छ।
(घ) किल्चोक सडक निर्माण कार्यको सम्झौता भई काम अगाडी बढाइएको छ।
(ङ) उपभोक्ता समिति गठन पूर्ण रुपमा सम्पन्न भई सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको र हालसम्म १३३ योजनाहरुको सम्झौता गरि योजना कार्यन्वयनमा अगाडी बढेको छ ।
(च) गाँउपालिका प्रशासकीय भवनको न्चयगलम ँयिचभ को ढलान सम्पन्न भई ढलानको तयरी भएको, सभाहलको निर्माण कार्य निरन्तर चलिरहेको, वडा न–६ को कार्यलय भवन सम्पन्न भएको र पक्की पुल वडा न ५ को ठेकेदार पक्ष लाई समयमा भवन सक्ने गरी पत्राचार र समन्वय निर्देशन भएको छ ।
(छ) बडहरे काफ्लेथोक पाटेचौर भैसिखर्क सिपाले रानीटारी जोड्ने मार्गको ठेक्का आव्हान गरी सूचना प्रकाशन गरिएको छ।
(ज) वडा नं ३ का चिस्यान केन्दको ठेक्का सम्झौता भएको छ ।
(झ) १० शैयाको थर्पु आधारभुत अस्पताल १० करोडको लगानीमा निर्माणाधिन अवस्थामा रहेको १ ढलान निर्माण कार्य सम्पन्न भएको ।
(ञ) किल्चोक सामुदायिका स्वास्थ्य ईकाईको लागि जग्गा दाता बाट जग्गा प्राप्त भएको यस आ।व भवन निर्माणको लागि बजेट रु १५,००,०००।– विनियोजन भएको र यसै आर्थिक बर्षबाट निर्माण कार्य शुरु गरिएको ।
(८) डिपिआर र परामर्श कार्य तर्फ ः
(क) चिस्यान केन्द्र डि।पि।आर। सम्पन्न गरी ठेक्का आव्हानको लागि आशयको सूचना प्रकाशन गरिनुका साथै सम्झौताको अन्तिम चरणमा रहेको छ ।
(ख) माझिलाङ खानेपानीको डिपिआर अन्तिम चरणमा रहेको र केहि दिनमा नै ठेक्काको सूचना प्रकाशन गरिने ।
(ग) विभिन्न १३ वटा घाटहरुको आईइई सम्पन्न भई ठेक्का सूचना प्रकाशन गरिएको ।
(घ) वास प्लान ९ सवै वडाहरुको खानेपानी, सरसफाई फोहोर मैला व्यवस्थान गर्ने गरी अगाडी वढेको छ।
(ङ वडा नं ७ मा मानवमैत्री भवनको डि.पि.आर. सम्पन्न भएको छ ।
(९) कार्य सम्पादन सम्झौता तर्फः
(क) अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत बिच
(ख) प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी विच
(१०) महत्वपूर्ण निर्णय सहित कार्यथालनी तर्फः
(क) सामुदायीक विद्यालयमा बस खरिद ४० प्रतिशत अनुदान कार्यक्रम
(ख) स्थानीयलाई भेटनरी जे।टि।ए। कार्यक्रममा अध्यपन गर्नका लागि ५०५ छात्रवृत्ति अुनुदान प्रदान गरिएको जसमा ११ जनालाई प्रतिव्यक्ति २५ हजार प्रदान गरिएको छ।
(ग) अध्यक्षसंग सुत्केरी पोषण भत्ता जनही ५ हजार वितरण गरिएको छ।
(घ) उपाध्यक्षसंग विदुर र ‘ग” र ‘घ” वर्गको अपाङ्ग भत्ता वितरण।
(ङ) गाउँपालिका भित्रका सम्पूर्ण ९३२ वटा० लिफ्टीङ्ग खानेपानीहरुको विधुत महसुल पालिकाबाट चौमासिक रुपमा भुक्तानी गरिएको छ।
(च) स्र्माट तथा नगरउन्मुख गाँउपालिका निर्माण कार्यक्रम अन्तर्गत प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष जोड दिइएको छ।
(छ) अध्यक्ष र उपाध्यक्षसंग युवा स्वरोजगार कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिएको छ।
(ज) सुत्केरी, गरिव र विपन्न वर्गहरुलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गरिएको छ।
(झ) कृषकहरुलाई दुधमा अनुदान कार्यक्रम सञ्चालन गरिएको छ ।
(ञ) हलगोरु पाल््ने किसानलाई प्रोत्साहन स्वारुप रु १० हजार अनुदान कार्यक्रम प्रारम्भ भएको छ ।
(ट) अध्यक्ष र उपाध्यक्षसंग जनता कार्यक्रम अन्तर्गत एकिकृत घुम्ती शिविर ९पहिलो चरणमा असोज २ देखि १४ गतेसम्म र दोस्रो चरणमा असोज ३० देखि कार्तिक ४० सम्म सञ्चालन गरिएको थियो । जसबाट तपसिल अनुसारका सेवाग्राहिहरुले सेवा प्राप्त गर्ने अवसर मिलेको थियो ।
(ठ) चालु खर्च कटौती गर्नुका साथै पुँजिगत खर्चमा वृद्धि गर्नका लागि समुह र पदाधिकारीहरुको भ्रमण कार्य स्थगन, तालिम तथा गोष्ठि कटैती, प्रशासनिक खर्च कटैती गर्नुका साथै अतिन्युन्न तालिम खर्च मात्र समावेश गरिएको छ ।
(ड) भूमि वर्गिकरण कार्यक्रम अन्तर्गत कृषि तथा गैरकृषि जग्गाको वर्गिकरण सम्पन्न भएको ।
(११) विभिन्न विवाद समाधान तर्फ ः
(क) न्यायीक समितिमा परेको उजुरी विषयमा
(ख) जटिल प्रकृतिको अपाङ्गहरुको मागको विषयमा ।
(ग) विद्यालय कर्मचारी, सहयोगीको सुविधा विषयमा ।
(घ) विव्यस गठन तथा टोल विकास गठन विषयमा ।
(ङ) जिल्ला अदालतमा विचारधिन वडा न– ५ को नाली तथा सडक निर्माणको विषयमा
(१२) जग्गा प्राप्ती तर्फ ः
(क) वडा न। ३ किल्चोक सामुदायीक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागी ९ आना २ पैसा १ दाम ।
(ख) वडा नं ७ मा मानवमैत्री भवन निर्माणको लागि ६ आना जग्गा व्यक्ती मार्फत गाउँपालिकाको नाममा निःशुल्क राजीनामा पास गराउन सफल भएका छौँ ।
(१३) भूमिहिन दलित भूमिहिन सुकुम्बासी र बाढी पिडित तथा विपद् व्यवस्थापन तर्फः
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीको निवेदन १३०३ वटा सवै ईन्ट्री सम्पन्न गरी वाँकीका निम्न कामहरु अगाडी वढाईएको छ ।
(क) वाढीपिडितको लगत संकलन कार्य विवरण ।
क्र.स. आ.व. लाभग्राहि संख्या स्वीकृत संख्या बाकी कैफियत
१ २०७७र०७८ ४१ ३७ ४
२ २०७८÷०७९ ३४ जिविसमा फाइल पेश भएको ।
(क) विपद ब्यबस्थापन तालीम र कार्ययोजना निर्माण ९ कार्यपालिका र शाखा प्रमुख लाई ।
(ख) दुई चरण गरी करिव ६५ थान हिमपाईप खरिद तथा वितरण कार्य सम्पन्न ।
(ग) विपदमा परेका लाई रु १० हजार देखी २५ हजार सम्म आर्थिक सहायता प्रदान ।
(१४) राजश्व चुहावट नियन्त्रण र दण्ड जरिवना तर्फ ः
(क) गत वर्ष ठेक्का लगाएका घाटबाट वढी उत्खनन् गर्ने ६ वटा ठेकेदार कम्पनीहरुलाई जरिवना तोकी रु १८,८६,९२१।९२ राजश्व असुलि गरिएको
(ख) चोरी भएको चोक्रेटार घाटबाट रु १५,५७,०४०।०० जरिवना गरिएको ।
(१५) सुशासन तर्फ ः
(क) वार्षिक समिक्षा २०७९ श्रावण ५ मा सम्पन्न ।
(ख) वेरुजु न्युन हुने तथा वजेट फ्रीज कम हुने गरी कार्य प्रारम्भ,
(ग) नियमित रुपमा चौमासिक प्रगती प्रतिवेदन सार्वजनिक गरिएको छ ।
(घ) आ व २०७९०८० को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई मिति २०७९ मंसिर १५ गते वडा नं ५ मा सम्पन्न गरियो ।
(१६) विधुतीय सुशासन तर्फ ः
(क) योजना तथा सवै कार्यक्रममा भुक्तानी सरलीकरण गर्नका लागी विधुतिय भुक्तानी ई.एफ.टि पूर्ण रुपमा लागु गरिएको छ ।
(ख) राजश्व संकलनलाई पूर्ण रुपमा व्यवस्थित र पारादर्शि बनाउनको लागि एकिकृत राजश्व प्रणालि निरन्तर रुपमा सञ्चालनमा ल्याईएको छ ।
(ग) पञ्जिकरण सम्बन्धी विभिन्न प्रकारका घटना दर्ताहरु, डिजिटाईजेशन गर्ने कार्य सम्पन्न गरि अनलाईनबाट सेवा प्रवाह गरिएको छ ।
(१७) घरनक्शा तर्फः
(क) घर नक्शांको डिजिटाईजेशन सम्पन्न
(ख) पुराना घरको घर कायम निरन्तर गरिएको
(ग) एकिकृत घुम्ती शिविर सञ्चालनको क्रममा गाँउपालिकाका सबै घरधुरीमा घर नम्बर प्लेट वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
(१८) अन्तर सरकार समन्वय तर्फः
(क) गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसंग विभिन्न कार्यक्रम माग गरी अन्तिम स्वीकृत चरणमा रहेको जस्मा आवधिक योजना निर्माण, राजश्व अध्यन, लैङ्गिक रणनीति निर्माण आदी ।
(ख) संघ तथा प्रदेशमका विभिन्न गौरवका योजनाहरुका लागि बजेट माग र पटक पटक ताकेता गरिएको छ ।
(१९) सामाजिक सुरक्षा तर्फ ः
(क) वडा न– १ को कार्यालयमा मेगा वैंकलाई बोलाई सामाजीक सुरक्षा भत्ता वितरण
(ख) सामाजिक सुरक्षा भत्ता नलिने नागरिकहरुलाई पुरस्कृत गर्ने गरी सार्वजनिक सुचना प्रकाशन गरी निवेदन आव्हान
(ग) असाध्य रोगीलाई शुरुमा १० हजार र चालु आ.व. मा १५ हजार आर्थिक सहायता प्रदान गरिएको ।
(घ) चालु आ.व.को प्रथम चौमासिक सामाजिक सूरक्षा भत्ता अन्तरर्गत ३,४११ लाभग्राहीलाई जम्मा २,९८,६४,०१९।०० रकम वितरण गरिएको छ ।
(२०) अनुगमन तर्फ ः
(क) उपभोक्ता हकहित र गुणस्तर कायम गर्न बजार अनुगमन १ पटक सम्पन्न भएको ।
(ख) विभिन्न योजना अनुगमन कार्यक्रम निरन्तर भएको ।
(२१) शिक्षा तर्फः
(क) दिवा खाजाको लागी आवश्यक भाडा खरिद सम्पन्न र वितरण प्रारम्भ हुदै ।
(ख) स्थानिय पाठ्यक्रम निर्माण ९कक्षा २ को प्रारम्भ भएका ।
(ग) शिक्षकको आन्तरिक सरुवा व्यवस्थापन र शिक्षक तालीम।
(घ) राष्टपति शैक्षिक सुधार अन्तर्गत ४ कोठे भवन १ र २ कोठे भवन २ वटा विद्यालय भवन निर्माण कार्यक्रम स्वीकृत भई सम्झौताको क्रममा रहेको छ ।
(२२) महिला तथा वालवालिका शाखा तर्फ ः
(क) लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियन अन्तर्गत सचेतना मुलक कार्यक्रम सबै वडामा सञ्चालन भएको छ ।
(ख) अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गरेका व्यवसायको विषयमा सरोकारवलाहरुसंग अन्तक्र्रिया कार्यक्रम सञ्चालन ।
(ग) अति अपाङ्गता भएका व्यक्तिहरुका लागि न्यानो कार्यक्रम अन्तर्गत सिरक दच्छना वितरणका लागि खरिद भई वितरण कार्य बाकी रहेको ।
(२३) कृषि शाखा तर्फ ः
(क) आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम अन्तर्गत ५५ जना कृषकलाई करिब १२० रोपनी क्षेत्रफलको धानमा लागेको किराको नियन्त्रणको लागि विषादी वितरण गरिएको ।
(ख) जनकदेव प्रजातिको आलु १३,१५० किलो र एम.एस. ४८ प्रजातिको आलु ३५०० किलो गरि जम्मा १६,६५० किलो आलु ५० प्रतिशत अनुदानमा वितरण गरिएको ।
(ग) म्याग्दे ३ कोइरालाथोकमा श्री अन्नपूर्ण महिला कृषक समूहको सहकार्यमा आलु बालीमा उन्नत प्रविधि नतिजा प्रदर्शन कार्यक्रम सम्पन्न ।
(२४) स्वास्थ्य सहित सवै विषयगत शाखा तर्फः
(क) आ–आफ्ना स्विकृत बजेट अनुसार कार्ययोजना स्वीकृत गरी कार्य प्रारम्भ भएको छ ।
(ख) शाखागत सेवा निरन्तर र गुनासो रहित सेवा प्रदान गरिएको छ ।
(२५) वडा कार्यलय तर्फः
(क) नियमित गुनासो रहित सेवा प्रदान गरिएको छ ।
(ख) नया वजेट कार्यन्वयन कार्ययोजना सहित अगाडी वढेको छ ।
(२६) विभिन्न सास्कृतिक संरक्षण तर्फ ः
(क) तिज गित प्रतियोगिता सवै वडाबासी महिलालाई सरिक गराई सम्पन्न ।
(ख) अन्य सामाजिक सस्कृति संरक्षण प्रवद्र्घन कार्यक्रम वजेट मार्फत सम्वोधन गरिएको छ ।
(२७) मनोवल तथा उत्प्रेरणा तर्फ ः
विभिन्न संघसस्था, ब्यक्ती, समुदाय, साझेदार निकाय विद्यार्थि, शिक्षक तथा कमचारीहरु, उपभोक्ता निर्माण ब्यबसायी गरी ५१ वटा विधा अन्तर्गत विभिन्न १५० सष्ट्रालाई बजेट सार्वजनिक समारोहमा सम्मान गरिएको छ ।
(२८) सेवा प्रवाह सरलीकरण तर्फः
(क) कार्यजिम्मेवारी तथा अख्तियारी प्रदान कार्यसम्पादन सम्झौता गरी कर्मचारीलाई क्रियशील गरीएको ।
(ख) फस्टकम फस्ट सर्भिस वडा र गाउँपालिकाबाट प्रदान गरिएको छ ।
(ग) निशुल््क फोटोकपि सुविधा र निवेदन लेखन सहित हेल्पडेस्क व्यवस्थापन ।