म्याग्देमा व्यवसाय दर्ता अभियान सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा व्यवसाय दर्ता अभियान सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८१, आईतवार

    दमौली । म्याग्दे गाउँपालिकाको आयोजना र तनहुँ उद्योग वाणिज्य सघ थर्पु बजार ईकाइ समितिको सहकार्यमा व्यवसाय दर्ता अभियान सुरु भएको छ । गाउँपालिकाभित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उद्धेश्यले अभियानकै रूपमा दर्ता तथा सूचीकृत गरिएको हो ।

    गाउँपालिकाको ५ वडाभित्र सन्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सूचीकृत हुन नआएपश्चात अभियानकै रूपमा दर्ता गरेको आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेले बताए ।

    वडामा होटल, किराना, कृषि , मासुपसल, स्टेशनरी, परामर्श लगायत सञ्चालनमा रहेका व्यवसायी दर्ता तथा सूचीकृत गरिएको अधिकृत न्यौपानेले बताए । सोही अवधिमा व्यवसायीको सहजका लागि फोटोकपी लगायतका कार्य नि:शुल्क गराइएको छ ।

    थर्पु बजार इकाई समितिका सभापति सुन्दरमणि अधिकारीले गाउँपालिकाले व्यवसायीको हितमा कार्य गर्ने र कानुनी दायरामा ल्याउन व्यवसायी सस्था सहयात्री भएको बताए ।

    दर्ताका लागि प्रशासन शाखा प्रमुख ईन्द्रप्रसाद खनाल, उद्योग वाणिाज्य सघका उपाध्यक्ष सुरेन्द्र अधिकारी, सचिव राजिव श्रेष्ठ, सदस्य भुपेन्द रानाभाट, गापाका अक्षय कुमार कायस्थ लगायतका सहभागी भएका थिय ।