रमाइलो केलाई भन्छ ? रमाइलोको नाममा युवा पुस्ता कुलतमा फस्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    रमाइलो केलाई भन्छ ? रमाइलोको नाममा युवा पुस्ता कुलतमा फस्दै

    प्रमाेद (प्रिन्स) साह

    १३ पुष २०७९, बुधबार

    मैले एक जनालाई सोधेँ चुरोट,रक्सी, हुक्का, गाँजा खानु हुन्छ? के फाइदा गर्छ?
    उत्तर:- रमाइलो गर्न, यी कुरा खाँदा रमाइलो लाग्छ।

    मेरो प्रश्न अहिलेसम्म पनि के जुन कुराले शरीरको रगत,कलेजो, फोक्सो,मिर्गौला,मुटु,आँखा, कान नाकलाई घात गर्छ जीवनलाई घात गर्छ, मस्तिष्कलाई छिन्न बनाउँछ, मस्तिष्कको शक्ति कमजोर पार्छ त्यो कुरा कसरी रमाइलो हुनसक्छ होला।

    रमाइलो भनेको मस्तिष्कको डोपामिन, अक्सिटोसिन, सेरोटोनिन, इण्डोर्फिन जस्ता केमिकल र हर्मोनहरुको प्रभावले मुड को अवस्थालाई खुसी,हाँसो,रमाइलो,सुख, शान्ति मा परिवर्तन गर्छ जसलाई रमाइलो भन्छl

    बरु यी माथिका खाने पदार्थहरुले यी केमिकलहरुलाई  बढाउनमा भूमिका खेल्छ मुख्य रूपमा यी हर्मोनहरुलाई घटाएर छुट्टै प्रकारको अनुभूति दिन्छ र मुडलाई परिवर्तन गर्छ जसलाई मानिसले सुख, रमाइलोको संज्ञा दिन्छ।

    तर खासमा त्यो शारीरिक नकरात्मक प्रतिक्रिया हो जुन् दिनदिनै शरीरको अंग र मस्तिष्कलाई खराब बनाउँदै लागिरहेको हुन्छ।

    एउटा सानो कथा:- तपाईंसँग एउटा सानो बाइक, कार वा गाड़ी छ जसको मूल्य ३ लाखदेखि ६० लाखसम्म पर्ने वस्तुको कति हेरचाह गरेर राख्नुहुन्छ सधैं समयमा सर्भिसिङ, सफा सुग्घर गर्नुहुन्छ पेट्रोल चाहिनेलाई पेट्रोल हालेर, डिजेल चहिनेलाई डिजेल हालेर चलाउनुहुन्छ तर एक बोतल पानी हाल्यो भने चल्दैन बन्द भइदिन्छ। जब एउटा गाडीलाई चलाउन निश्चित कुरा चाइन्छ भने झन् अमूल्य पर्ने शरीरको कुनै हेरचाह छैन, मान्छेको जीवन पाउनु नै ठूलो उपलब्धि हो र ठूलो कुरा हो पाएको ठूलो कुरालाई नगुमाउन्।

    रमाइलो एकछिनको लागि खुसी दिन्छ केही दिनको लागि नाम दिन्छ तर विश्व कीर्तिमान र समाजको लागि खर्चिनु भएको समय र शक्तिले जीवन रहुन्जेल र जीवन पछि पनि नाम अमर रहन्छ ।

    लेखक आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हुन् ।