उद्घाटन खेलमै बाहिरियो सहारा, धरान क्वाटरफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    उद्घाटन खेलमै बाहिरियो सहारा, धरान क्वाटरफाइनलमा

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७९, बिहीबार

    पोखरा । आयोजक सहारा क्लब २२ औं संस्करणको आहारारा पोखरा गोल्डपकपको उद्घाटन खेलबाटै बाहिरएको छ । बिहीबारदेखि सुरु भएको गोल्डकपमा धरान फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै सहारा प्रतियोगिताबाट बाहिरिएको हो ।

    दशौ संस्करणको आहा गोल्डकपपछि यि दुइ क्लब उद्घाटन खेलमा आमनेसामने भएका हुन् । त्यतिबेला सहाराले १–० गोल अन्तरले पराजित गर्दै धरानलाई घर पठाएको थियो । नवौं संस्करणको उद्घाटन खेलमा पनि यिनै दुई क्बल भिडेका थिए । सहाराले २–१ गोल अन्तरले धरानलाई पाखा लगाएको थियो ।

    ११ बर्ष अगाडि पोखरा रंगशालामा भएको उद्घाटन खेलमा भोगेको पराजयको बदला लिँदै धरान क्वाटरफाइनल प्रवेश गरेको छ । धरानले क्वाटरफाइनलमा पुस १६ गत सशस्त्र प्रहरी बलसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नेछ ।

    धरानका प्रकाश बुढाथोकीले खेल सुरु भएको ४ मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए । धरानले डिबक्स नजिकैबाट पाएको फ्रिकिकको अवसर सदुपयोग गर्दै बुढाथोकीले गोल गरे । बाँकी ८६ मिनेटमा सहाराले गोल फर्काउन नसकेपछि बुढाथोकीले गरेको गोल नै धरानको जितका लागि निर्णायक बन्यो । एक मात्र गोल गरेका उनै बुढाथोकी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले आठ हजार रुपैयाँ हात पारेका छन् ।

    शुक्रबार दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले पोखरा रंगशालामा जितका लागि भिड्नेछन् । पुस २३ गतेसम्म चल्ने प्रतियोगितामा २ विभागीय, एक विदेशीसहित १० टिम सहभागी छन् ।

    प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसपटक पुरस्कार राशीमा वृद्धि भएको छ । विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। पाँच विधामा उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

    सर्वाधिक गोलकर्ताले पनि २५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ दि म्याचले ८ हजार रुपैयाँ, फाइनल खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। २०५८ सालमा सुरु भएको क्याराभान गोल्डकपलाई गणना गर्दै २२ औं संस्करणसम्म चलेको छ ।

    क्याराभान गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले उचालेको थियो । मनाङ मर्स्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । गत वर्ष माघमा भएको २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि एपीएफले जितेको थियो ।

    अन्जनलाई वर्षोत्कृष्ट खेलाडी अवार्ड
    सहारा वर्षोत्कृष्ट खेलाडी अवार्ड राष्ट्रिय टिमका खेलाडी अनन्त तामाङ प्रदान गरिएको छ । २२ औं आहारारा पोखरा गोल्डकपको उद्घाटनको अवसरमा तामाङलाई पुरस्कार प्रदान गरिएको हो । पोखरा महानरपालिकाका मेयर धनराज आचार्य र सहारा क्लब अध्यक्ष सुरज गुरुङले पुरस्कृत गरेका हुन् ।

    तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् । पुरस्कारको राशी ५० हजार ५ रुपैयाँ छ । यसअगाडि यो पुरस्कार राशी ३५ हजार रुपैयाँ थियो । सहाराले बर्सेनि एकजना राष्ट्रिय खेलाडीलाई वर्षोत्कृष्ट खेलाडीबाट सम्मान गर्दै आएको छ । पुरस्कारबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिस्ट पुरस्कृत भइसकेका छन् ।