पॉचौ तनहुँ जनजाति तथा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पॉचौ तनहुँ जनजाति तथा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली ।आदिवासी जनजाति महासंघ तनहुँको आयोजनामा शुक्रबारदेखि सुरु हुने पॉचौ आदिवासी जनजाति तथा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

    व्यास-३ विपीवनवाटिकामा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सव स्थलमा स्टल निर्माणको काम भइरहेको छ भने प्रचारप्रसारलाई तीव्रता दिइएको महोत्सवका मूल संयोजक एवं महासंघका अध्यक्ष सुजित हिराचनले बताए ।

    जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    ६५ प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले नै गरेको थियो । विसं २०६५ सालमा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो ।

    महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।