दमौली । नव दुर्गा भवानी मन्दिर संरक्षण समितिको आयोजनामा इही यज्ञ (वेल विवाह) कार्यक्रम हुने भएको छ ।
व्यास-३ मा अवस्थित समितिको पहलमा नेवार समुदायको संस्कृति र परम्परा अनुसार वेल विवाह कार्यक्रम हुन लागेको हो । समितिको आयोजनामा २०५७ सालदेखि निरन्तर नेवार कन्याहरुको विधिपूर्वक वेल विवाह कार्यक्रम सम्पन्न हुँदै आएको छ।
आगामी माघ १२ गते वेल विवाह कार्यक्रम हुने समितिका कार्यवाहक अध्यक्ष काशी राना मगरले बताइन् ।