काठमाडौ । सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ ।
त्यस्तै, वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ । उता मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।
यस्ताे छ भागवण्डा
मुख्यमन्त्री
प्रदेश १ – एमाले
मधेश- जनता समाजवादी र जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो
गण्डकी र लुम्बिनी – एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।
सभामुख:
मधेस, कर्णाली – एमाले सभामुख
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
उपसभामुख:
प्रदेश १ र गण्डकी- एमाले
बागमती र कर्णाली- माओवादी
लुम्बिनी- राप्रपा
मधेश प्रदेश- जनमत पार्टी
सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव