तनहुँका चुमान दोस्रो कार्यकालका लागि गण्डकीको मन्त्रीमा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका चुमान दोस्रो कार्यकालका लागि गण्डकीको मन्त्रीमा नियुक्त

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँ १ (२) का प्रदेश सांसद हरिबहादुर चुमान गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता चुमानले सोमबार मन्त्री पदको शपथग्रहण गरेका हुन् । उनको जिम्मेवारी तोकिएको छैन ।

    यसअघि पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा चुमान आन्तरिक मामिला मन्त्री थिए । गण्डकी प्रदेश माओवादी केन्द्रको भागबण्डामा परेको भए चुमान मुख्यमन्त्री बन्न सक्थे । तर गण्डकी प्रदेश एमालेको भागमा परेपछि खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् ।

    एमालेबाट सीता सुन्दास र राप्रपाबाट पञ्चराम गुरुङले पनि सोमबार मन्त्री पदको शपथ लिएका छन् ।