दमौली । स्वास्थ्य कार्यालय तनहुँको आयोजनामा निशुल्क बन्ध्याकरण शिविर हुने भएको छ । सन्तानका रहर पुगेका महिला तथा पुरुषका लागि लक्षित गरी कार्यालयले बन्ध्याकरण शिविर आयोजना गरेको हो ।
शुक्लागण्डकीमा माघ २२, भानुमा २४, ऑबुखैरेनीमा २५, म्याग्देमा २७, व्यासमा २८ र फागुन १ गते शिविर आयोजना हुनेछ ।