दमौली । म्याग्दे गाउँपालिका-१ गुणादीमा माघ २० देखि प्रथम अकला कप फुटबल प्रतियोगिता हुने भएको छ । अकला गाउँवेशी क्लवको आयोजनामा गुणादी खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
युवा पुस्तालाई खेलमा आकर्षित गर्न, अकला मन्दिर र गुणादी वाराहीको पहिचान गराउने उद्धेश्य सहित प्रतियोगिता गर्न लागिएको खेल संयोजक सुरज थापाले जानकारी दिए ।
प्रतियोगितामा विजेताले नगद रु एक लाख २२ हजार र उपविजेताले रु ६६ हजार ६ सय ६६ प्राप्त गर्नेछ । क्वाटरफाइनलदेखि म्यान अफ दि म्याच घोषणा गरी खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई दुई हजारका दरले पुरस्कार प्रदान गरिनेछ । अनुशासित टिमलाई पॉच हजार पुरस्कार प्रदान गरिनेछ ।