दमाैली । किसान नेता स्व. एकदेव आलेको नाममा गठित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको अध्यक्षमा विष्णुभक्त सिग्देल निर्वाचित भएका छन् । प्रतिष्ठानको शुक्रबार सम्पन्न दशौं साधारणसभा तथा आठौ अधिवेशनबाट सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट प्रतिष्ठानको उपाध्यक्षमा मनुमाया श्रेष्ठ, महासचिवमा सिर्जना सिग्देल, सचिवमा माधव अधिकारी, बसन्त दरै र कोषाध्यक्षमा गजेन्द्र पन्थ चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित सिग्देल नेकपा (एमाले) का नेता हुन् । उपाध्यक्ष श्रेष्ठ नेकपा (एकीकृत समाजवादी), महासचिव सिग्देल नेकपा (माओवादी) केन्द्रका नेता हुन्। प्रतिष्ठानमा विभिन्न कम्युनिष्ट पार्टीका नेता आबद्ध रहेका छन् ।