कुलपति रनिङ सिल्डः उपाधि होडमा भद्रकाली र कालिका मावि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कुलपति रनिङ सिल्डः उपाधि होडमा भद्रकाली र कालिका मावि

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७९, बिहीबार

    पोखरा । गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । उपाधि होडमा यी दुई विद्यालय शुक्रबार पोखरा रंगशालाको फुटबल मैदान उत्रनेछन् ।

    बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

    भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८ औं, ५५ औं र ५९ औं मिनेटमा गोल गरे । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल थपे ।

    इन्द्रराज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५ औं मिनेट र १८ औं मिनेटमा गोल फर्काएका हुुन् ।

    दोस्रो सेमीफाइलनमा सहिद स्मृति आवसीय माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधि होडमा भद्रकालीसँगको भेट पक्का गरेको हो ।

    कालिकाको जितमा तेजबहादुर गुरुङले गोेल गरे । खेलको ३१ औं मिनेटमा तेजले गरेको गोल नै जितमा निर्णायक बन्यो ।

    प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।