सांसद चन्द्र भण्डारीलाई उपचारका लागि मुम्बई लैजान एयरपोर्टतर्फ लगियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद चन्द्र भण्डारीलाई उपचारका लागि मुम्बई लैजान एयरपोर्टतर्फ लगियो

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७९, बिहीबार

    काठमाडौ । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ ।

    उनलाई श्री एयरलाइन्सको जहाजबाट भारत लगिने भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको थप उपचार हुनेछ ।

    कीर्तिपुरस्थित बर्न सेन्टरबाट भर्खरै एम्बुलेन्समा हालेर भण्डारीलाई विमानस्थलतर्फ लगिएको हो । अस्पताल स्रोतका अनुसार उनलाई ६ जना चिकित्सकसहित ११ जनाको साथमा लगिनेछ ।

    भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।

    खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेटमा उपचारको क्रममा निधन भएको छ ।