व्यास नगरपालिकाका मेयरलाई खुल्ला पत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    व्यास नगरपालिकाका मेयरलाई खुल्ला पत्र

    सनम तामाङ

    १० फाल्गुन २०७९, बुधबार

    मेयर सर धेरै अघि मैले एउटा खुल्ला पत्र लेखेको थिए त्यो पत्र पढ्नु भयो भएन थाहा भएन । आज फेरि एउटा अनुरोध गर्न मन लाग्यो र लेखी हाले । सर्बप्रथम त दैनिक रुपमा तपाई जुनसुकै स्थानमा पनि प्रमुख अतिथि देख्न पाउँदा खुसी लागेको छ । टोल विकास सस्था, आमा समूह, युवा क्लव, जातीय संस्था, सहकारी , सामुदायिक विद्यालय ( आधरभुत, मावि सबै )। निजी विद्यालय धन्न सबै तिर भ्याउनु भएको छ । के भयो र नगरपालिकाको त नामै नगर त्यसैले केही काम नगरी बसी आफ्नो कार्यकाल बिताउनु नै हो फेरि काम गर्ने कर्मचारी छँदै छन नी होइन र ?
    हुन त हजुर राजनीति गर्ने मान्छे सबैको मन राख्नै पर्यो क्यारे। चुनाबको गुन त तिर्नै पर्यो नी होइन र ? बोलाएको ठाउँमा नगए रिसाउछ्न होइन त? खैर यो हजुरको विषयको कुरा भयो ।

    अब हजुरलाइ हामी समग्र व्यवसायीको पीडा सुनाउन चाहन्छु । गत आव ०७८ /०७९ मा व्यास नपाले छुटाएको योजना सम्पन्न भै सकेको पनि यतिका महिना भै सक्यो तर क्रमागतमा रहेका योजनाको रकम अझै भुक्तानी भएको छैन । यो वर्षको हुने कुरा त अझ टाढाको बिषय रह्ययो। बैंकमा १६-१७% ब्याज लिएर सामान खरिद गर्यो उधारो पठायो । बील भरपाइ पठायो नपाले पैसा दिएको छैन भन्छ्न ठेकदार र उपभोक्ता समितिले । केही समय अगाडी काठमाडौमा एक व्यवसायीले आगो लगाएर आत्मादह गरेको हामी सबैले देखेका थियौ। काम सकेर सबै प्रक्रिया पूरा गरेर नगरपालिका गयो फाइलको चाङ लागेको छ । कहिले खातामा पैसा छैन त कहिले हाकिम छैन भनेर फर्कनु परेको पीडा छ । नगरपालिकामा पैसा छैन भने किन योजना बॉड्नु ? खाली आफू राम्रो र सबैको प्यारो बन्न मात्रै त हुदैन न सर ?

    सुधारका लागि केही सुझावहरु
    १) २५,००० देखि २५,००,००० सम्म सबै वडाको नपाले मात्र भुक्तानी नगर्ने ।
    २) ५,०,०००। सम्मको भुक्तानी वडाबाट नै गर्ने व्यवस्था गर्नु होला ।
    ३) रकम छैन भने खाली कागज मात्र योजना बॉड्ने काम बन्द गर्नुहोला ।
    ४) प्रक्रिया पूरा गरेर गएको योजनाको ३ दिन भित्र रकम भुक्तानी गर्ने ब्यबस्था गर्नुहोला ।
    ५) टोल र वडामा हुने कार्यक्रममा प्रमुख अतिथि हुन वडा अध्यक्षलाई नै जिम्मा दिनुहोला ।

    अन्त्यमा अहिले बजारमा आर्थिक मन्दी छ पैसाको चलायमान गर्नु आबश्यक छ जति छिटो पैसा प्रवाह हुन्छ त्यति नै छिटो आर्थिक चलायमान हुन्छ । जति व्यापार व्यवसाय बढ्यो त्यति नै धेरै राजस्व संकलन हुन्छ र समृद्ध नेपाल बन्न सहयोग भै नेपाल श्रीलंका जस्तो बन्नबाट जोगिन सक्ला ।