दमौली । स्ववियु निर्वाचनका सन्दर्भमा पार्टीको राजनीति गरेको भन्दै विद्यार्थीले व्यास-१ भादगाउँस्थित भानुभक्त क्याम्पस प्रमुखको राजीनामा मागेका छन् ।
अनेरास्ववियु भानुभक्त क्याम्पस इकाई र अखिल क्रान्तिकारी संयुक्त क्याम्पस इकाईले आइतबार विज्ञप्ती जारी गरी क्याम्पस प्रमुख महाप्रसाद हड्खले र निर्वाचन समिति संयोजकको राजीनामा मागेका हुन् ।
स्ववियु निर्वाचनका लागि फर्जी विद्यार्थी भर्ना गरिएको उम्मेदवारी खारेज हुनुपर्ने उनीहरुको माग छ । सो विषयमा क्याम्पस प्रशासन र निर्वाचन समिति अमुक पार्टीको प्रवक्ता बनेको प्रमाणित भएको छ,’ विज्ञप्तीमा भनिएको छ।