दमौली । वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराउन जिल्लाका चार दलका नेताले अपिल गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सभापतिले शुक्रबार विज्ञप्ती जारी गरी भट्टराईलाई विजयी गराउन अपिल गरेका हुन् ।
भट्टराई लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएको, विद्यार्थी आन्दोलनले खारिएको एक सशक्त योद्धा भएकाले आम मतदाता समक्ष उनलाई मतदान गर्न आग्रह गरिएको छ ।