काठमाडौ । काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।
पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् ।
उनलाई खुट्टामा गोली लागेको थियो । गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरी स्रोतले नेपालप्रेसलाई बताए । पुनकाे घरमा प्रहरीकाे भीआईपी सुरक्षाकाे टाेली खटिएकाे थियाे । पुनकाे आमालाई गाेली चलाउने प्रहरी हवल्दार पुनकाे आफन्त रहेकाे स्राेतले बतायाे ।