दमाैली । नेपाली काङ्ग्रेस तनहुँले थप दुई कार्यकर्तालाई कारवाही गरेकाे छ । देवघाटका क्रियाशील सदस्य बलबहादुर क्षेत्री र गाेविन्दप्रसाद न्याैपानेलाई पार्टीका उम्मेदवार विरुद्ध प्रचारप्रसार गरेकाे भन्दै कारवाही गरिएकाे हाे ।
उनीहरुलाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएकाे साेमबार जारी विज्ञप्तीमा उल्लेख छ ।