दमौली। वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय युवासंघले तनहुँ-१ मा ‘वान बुथ हन्ड्रेड युथ’ खटाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा ईन्चार्ज एवं युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले वैशाख १० गते हुने निर्वाचनमा हरेक वुथमा १०० जनाको युवा दस्ता खटाईने बताए।
यो निर्वाचमा एमालेलाई घेरावन्दी गर्नका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागेको हुँदा त्यसलाई चिर्नका लागि एमालेले हरेक वुथमा १०० युवा खटाउने बताए । एमालेले गएको मंसिरको चुनावमा घेरावन्दी तोडेर पनि जनताको शक्ति बनेको बताउँदै उनले देश र राष्ट्रियताको पक्षमा खेलेको एमालेको भुमिकाले नेपाल र नेपाली जनताको शिर उँचो बनाएको उल्लेख गरे।