हामीलाई टाउकाे हल्लाउने हाेइन, औला ठड्याउने सांसद चाहिएकाे छ : याेगेश भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हामीलाई टाउकाे हल्लाउने हाेइन, औला ठड्याउने सांसद चाहिएकाे छ : याेगेश भट्टराई

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८०, बिहीबार

    दमौली । नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले संसदमा टाउकाे हल्लाउने नभई औला ठड्याउने सांसद चाहिएकाे बताएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रबाट त्यस्ता सांसद चाहिएकाे र त्याे सांसद एमालेकाे हुने बताए ।

    ‘सत्तापक्षका सांसदहरुले संसदमा टाउकाे मात्रै हल्लाउने हुन्, कमजाेरीमा बाेल्न सक्दैनन्,’ उनले भने, ‘एमाले सरकारलाई जिम्मेवार बनाउन संसदमा कमजाेरीबारे औला ठड्याउँछ ।’

    सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाई समिति बनाउने एमालेले प्रस्ताव गरेको बताए। “संवैधानिक परिषद्मार्फत् प्रधानन्यायाधीश नियुक्तिका लागि बैठक बसेपनि त्यो टुङ्गोमा पुग्न सकेको छैन, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाई समिति गठन गरौं भन्ने एमालेको प्रस्ताव हो,” उनले भने ।

    सचिव भट्टराईले सङ्क्रमणकालिन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा एमालेको केही आपत्ति रहेको बताए। “उक्त विधेयक पीडितको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाई हो, पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा हामी छौ,” उनले भने “नेपाल राष्ट्र पक्ष भएर मानवअधिकार समबन्धी ऐन कानूनमा हामीले हस्ताक्षर गरेका छौ । यो विधेयकले अन्तर्राष्ट्रिय मानवअधिकार कानून सम्बन्धी मान्यतालाई बोकिरहेको छैन ।”

    सचिव भट्टराईले गठबन्धन संस्कृतिले देशको विकास हुन नसकेको भन्दै गठबन्धन आवश्यक नरहेको बताए। “गठबन्धनको संस्कृति तोड्ने पक्षमा हामी छौ, एमालेले हिजो गठबन्धन ग¥यो, त्यसले पनि राम्रो गरेन,” उनले भने ।