रास्वपा संसदीय दलको नेताबाट अर्यालको राजीनामा, रविका लागि मार्गप्रशस्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपा संसदीय दलको नेताबाट अर्यालको राजीनामा, रविका लागि मार्गप्रशस्त

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८०, शनिबार

    काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका छन् । अर्यालले शनिबार एक वक्तव्य जारी गर्दै संसदीय दलको नेता पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

    पार्टी सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएको सन्दर्भमा उनी नै संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका साथ आफूले राजीनामा दिएको अर्यालले जनाएका छन् ।

    ‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु’, उनले भनेका छन् ।