


दमाैली । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले आफुले पाउने तलब सुविधाबापतकाे रकम ब्रम्हाकुमारी राजयाेग सेवा केन्द्रलाई सहयाेग गरेका छन् ।
श्रेष्ठले पूर्व घाेषणा बमाेजिम जीतपुर सिमरा उपमहानगरपालिका-१ स्थित केन्द्रलाई ५० हजार सहयाेग गरेका हुन् । श्रेष्ठले उक्त रकम शुक्रबार संस्थाका परमेश्वर श्रेष्ठलाई हस्तान्तरण गरे ।
श्रेष्ठले २०७४ काे निर्वाचनमा तनहुँ १ बाट निर्वाचित हुँदा पनि तलब भत्ता बापतकाे रकम जिल्लाकै सङ्घसंस्था एवं बिरामीहरुलाई सहयाेग गर्दै आएका थिए ।