डढेलोका घटना न्यूनीकरणका लागि सचेतना जगाउन पूर्वमन्त्री भण्डारीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डढेलोका घटना न्यूनीकरणका लागि सचेतना जगाउन पूर्वमन्त्री भण्डारीको आग्रह

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    दमाैली । पूर्व वन तथा भूसंरक्षणमन्त्री एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद शङ्कर भण्डारीले तनहुँ जिल्लामा केही समययता डढेलोका घटना बढेकामा चासो व्यक्त गरेका छन् । तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेलाई मङ्गलबार टेलिफोनमार्फत् भण्डारीले डढेलोका घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमलाई अगाडी बढाउन आग्रह गरेका छन् ।

    उनले सामुदायिक वनमा लाग्ने डढेलोका कारण जनधनको क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गरी सबै सामुदायिक वनका उपभोक्ताहरुलाई सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

    पूर्वमन्त्री भण्डारीले जिल्लास्थित सुरक्षा निकायलाई पनि हाइअलर्टमा रहन आग्रह गरेका छन् ।