पाेखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले पदभार ग्रहण गरेका छन् । शुक्रबार मन्त्रीकाे शपथ लिएसँगै मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
मन्त्री जुग्जालीले प्रादेशिक रणनीतिक सडक याेजनाकाे प्रतिवेदन पेश गर्न सचिवकाे संयाेजकत्वमा पाँच सदस्यीय कार्यदल निर्माण गर्ने पहिलाे निर्णय गरेका छन् । उक्त कार्यदललाई दुई महिनाकाे समय दिइएकाे छ ।