दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँमा सङ्गठन विस्तारमा जुटेकाे छ । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा जितेपछि उत्साहित रास्वपा अब सङ्गठन विस्तारमा जुटेकाे हाे ।
उक्त पार्टीले आँबुखैरेनीकाे पालिकास्तरीय र ६ वटै वडामा कमिटी विस्तार गरिसकेकाे छ । साेही बमाेजिम अब भानु नगरपालिकामा भेला आयाेजना गरिएकाे पार्टीका सहसंयाेजक सूर्यमणि पाैडेलले जानकारी दिए । जेठ १५ गते आयाेजना हुने भेलाले भानुकाे समिति गठन गर्नेछ ।
जिल्लाका सबै पालिकामा समिति गठन गर्ने तयारी भइरहेकाे जनाइएकाे छ ।