राष्ट्रपति पाैडेलद्वारा भट्टराईकाे निधनमा दु:ख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पाैडेलद्वारा भट्टराईकाे निधनमा दु:ख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८०, बिहीबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पाैडेलले तनहुँ जिल्ला व्यास नगरपालिका नेपाली कांग्रेसका पूर्व सभापति बद्रीहरि भट्टराईको निधनप्रति दु:ख व्यक्त गरेका छन् । पाैडेलले बिहीबार शाेकसन्देश जारी गरी भट्टराईकाे असामयिक निधनको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे ।

    प्रजातन्त्र सेनानी तथा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका दिनहरूमा निरन्तर संघर्ष गरेका भट्टराईले जेलजीवन, प्रशासनको धरपकड र संगठनका क्रममा अनेकौ दुःख र कष्टमात्र व्योहोर्नु भएन, जीवनपर्यन्त आफूलाई लोकतन्त्रको सच्चा पहरेदारका रुपमा समर्पित गरेकाे राष्ट्रपति पाैडेलले स्मरण गरेका छन् ।

    उनले भने, “एक असल शिक्षक, समाजसेवी र संगठकका रुपमा भट्टराईले आफ्नो समाज, देश र जनताप्रति गर्नुभएको योगदान हाम्रो लागि सदैव स्मरणीय रहनेछ । नजिकबाट चिन्ने र सङ्गत गर्ने अवसर पाएको मैले उहाँलाई सदैव एक असल, इमान्दार, कर्तव्यनिष्ठ र सरल स्वभावका व्यक्तिका रुपमा पाएँ । उहाँको निधनले एक विकासप्रेमी, सिद्धान्तनिष्ठ, कुशल संगठक र राजनीतिक व्यक्तित्व गुमाएको महसुस गरेको छु ।’