कृषि ज्ञान केन्द्र तनहुँ उत्कृष्ट, प्रदेश प्रमुखबाट पुरस्कार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कृषि ज्ञान केन्द्र तनहुँ उत्कृष्ट, प्रदेश प्रमुखबाट पुरस्कार ग्रहण

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८०, सोमबार

    दमौली । कृषि ज्ञान केन्द्ग तनहुँ उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ। गण्डकी प्रदेश सरकारबाट ज्ञान केन्द्रले उत्कृष्ट कार्यालयको पुरस्कार प्राप्त गरेको हो ।

    गणतन्त्र दिवसका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले केन्द्रका प्रमुख कुलप्रसाद तिवारीलाई प्रमाणपत्र र नगद ३० हजार हस्तान्तरण गरेका छन्।

    नमूना कार्यालय छनोट कार्यविधि २०७८ अनुसार तनहुँ जिल्लास्थित कार्यालयमध्ये २०७९ मा ज्ञान केन्द्र उत्कृष्ट नमूना कार्यालय घोषित भएको हो ।

    केन्द्र प्रमुख तिवारीले यो पुरस्कारले हौसला बढेको भन्दै सबै कर्मचारीको मिहीनेतले कार्यालय उत्कृष्ट हुन सफल भएको बताए ।