दमाैली । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा भएका छन् । सरकारकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले माफी दिएपछि चार जना रिहा भएका हुन् ।
अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई साेमबार रिहा गरिएकाे तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
रिहा हुनेमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की, राजन अच्छामी, सवारी ज्यान मुद्दामा आषिश आले र कर्तव्य ज्यान मुद्दाका सुन्दर परियार छन् ।