चण्डीदेवी माविमा गलत सूचना दिने डिजिटल बाेर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चण्डीदेवी माविमा गलत सूचना दिने डिजिटल बाेर्ड

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    दमाैली । व्यास नगरपालिका-१० स्थित चण्डीदेवी राष्ट्रिय माविमा गलत सूचना दिने डिजिटल बाेर्ड राखिएकाे छ । उक्त डिजिटल बाेर्डमा दिउँसाे ३:५८ बजेकाे समयमा तापक्रम ४७ डिग्री देखाएकाे छ ।

    जबकि दमाैलीमा मङ्गलबार अधिकतम तापक्रम ३७ डिग्री रहेकाे थियाे । विद्यालयमै गलत सूचना दिने डिजिटल बाेर्ड राखिँदा विद्यालयमा अध्ययनरत विद्यार्थीले गलत सूचना पाएका छन् ।

    उक्त विद्यालयका शिक्षक गाेकुल थापाले सामाजिक सञ्जालमा उक्त बाेर्डकाे तस्वीर राख्दै भनेका छन्, ‘चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय व्यास नगरपालिका वडा नं १० कुमालटारीमा आजको तापक्रम । तपाईंको तिर कत्तिको गर्मी छ?’