स्वास्थ्यकर्मीमाथि आक्रमण, सुरक्षा माग गर्दै प्रजिअलाई ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    स्वास्थ्यकर्मीमाथि आक्रमण, सुरक्षा माग गर्दै प्रजिअलाई ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकी प्रमुख खुशीराम क्षेत्रीमाथि आक्रमण भएको भन्दै सुरक्षा माग गरिएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिले जनस्वास्थ्य निरीक्षक क्षेत्रीलाई गएराति सोही ठाउँका ३० वर्षीय सन्तोष थापा लगायतका केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरी आक्रमण गरेको भन्दै सुरक्षा माग गरिएको हो ।

    सङ्घले आइतबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीमाथि साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ ।

    फर्जी मेडिकल रिपोर्ट बनाउन दबाब सिर्जना गर्ने र सो कार्य गर्न अस्वीकार गर्दा क्षेत्रीमाथि ढुङ्गा, मुढा र बियरको बोतल प्रयोग गरी आक्रमण गरिएको सङ्घकी अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। अमानवीय, निन्दनी र जघन्य किसिमका अपराध घटाउने प्रकृतिका कार्य गर्नेहरुलाई समाजमा दुर्गन्ध फैलाउन नदिन, कर्मचारीको जिउधनको रक्षा गर्न साथै विधिको शासन पालना गराउन माग गरिएको छ ।