सर्वोच्चलाई धन्यवाद, नागरिकताविहिनलाई बधाई : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्चलाई धन्यवाद, नागरिकताविहिनलाई बधाई : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८०, बिहीबार

    काठमाडौ । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि नागरिकताविहिनले नागरिकता पाउने बाटो खुलेको बताएका छन् ।

    सांसद श्रेष्ठले बिहीबार सर्वोच्च अदालतलाई धन्यवाद दिँदै नागरिकता विहिनले नागरिकता पाउने बाटो खुलेको उल्लेख गरे । उनले भने, ‘नागरिकता विहीन नेपालीहरु तथा विशेष गरी मधेसी र मधेसमा बसोबास गर्ने सम्पूर्णलाई हार्दिक बधाई तथा सम्मानित सर्वोच्च अदालत प्रति हार्दिक सम्मान र धन्यवाद ।’