दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-८ स्थित सहिदकृष्ण पार्ककाे साैन्दर्यकरण गरिएकाे छ । ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिद कृष्ण पार्कलाई आकर्षक बनाइएकाे हाे ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अर्न्तगत तत्कालीन तनहुँ-२ का सांसद केदार सिग्देलद्धारा विनियाेजित दश लाख, नगरपालिकाकाे लागत साझेदारी दश लाख र डिभिजन वन कार्यालयकाे एक लाख गरी कूल २१ लाख लागतमा उक्त काम सम्पन्न भएकाे वडाध्यक्ष नारायणसिं थापाले जानकारी दिए ।
उनका अनुसार पार्कमा सहिदकृष्ण वाचनालयकाे भवन मर्मत, हाेमन कुण्ड निर्माण, मार्वल तथा कटिङ ढुङ्गा जडान तथा मन्दिर रङराेगन तथा मर्मत गरिएकाे छ ।