व्यास नगरपालिकाले बेरुजु शुन्यमा झार्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाले बेरुजु शुन्यमा झार्ने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगरपालिकाले बेरुजु शुन्यमा झार्ने सङ्कल्प गरेकाे छ । साेमबार सम्पन्न नगरसभाका अवसरमा बेरुजुलाई शुन्यमा झार्ने सङ्कल्प गरिएकाे हाे ।

    नगरपालिका अन्तरगतका बेरुजु नियमित तथा फछ्याैट गर्न र नगरपालिकालाई शुन्य बेरुजुमा झार्नका लागि नगरसभाका सबै सदस्यले सङ्कल्प गरेकाे प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

    गत आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाकाे बेरुजु ११ कराेड ४३ लाख ५८ हजार रहेकाे छ ।त्यसमध्य असुल गर्नुपर्ने तीन कराेड ८२ लाख ४३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने तीन कराेड ४० लाख ९१ हजार, अनियमित रु एक कराेड ७० लाख ७८ हजार र पेश्की रु दुई कराेड ४९ लाख ४६ हजार रहेकाे छ ।